सानो तथा अव्यवस्थित बसपार्कका कारण पछिल्लो समय सदरमुकाम मुसिकोटदेखि सल्ले बसपार्कको सडकछेउमै पार्किङ गर्नुपर्ने बाध्यता छ ।
जिल्लामा यातायात सेवा सञ्चालन भएदेखि बसपार्कको रुपमा प्रयोग गरिएको सल्ले बसपार्कसमेत अव्यवस्थित बन्दै गइरहेको छ ।
थोरै सवारी साधन अट्ने गरी निर्माण गरिएको बसपार्क बजार क्षेत्र र मूल बाटोमै भएका कारणले पनि यस्तो समस्या आएको स्थानीय बताउँछन् ।
दैनिक रुपमा सवारीसाधन वृद्धि भएसँगै पार्किङको भने समस्या देखिएको छ ।
अव्यवस्थित बसपार्कका कारण सदरमुकाम मुसिकोटदेखि सल्ले बसपार्कको २ किलोमिटर सडकखण्डको छेउछाउ कयौं सवारी साधन पार्किङ गर्ने गरिएको छ ।
सडक छेउमै सवारी साधन पार्किङ गरेर राखिँदा जिल्ला अस्पताल सल्लेमा उपचारका लागि आउने बिरामी, पैदल यात्री र विद्यार्थी बढी समस्यामा परेका छन् ।










प्रतिक्रिया दिनुहोस्