
तेस्रोलिंगी सैनिकको भविष्यबारे अब पेन्टागनले निर्णय गर्नेछ ।
ट्रम्पले सेनामा कार्यरत् महिला तथा पुरुषले लिंग परिवर्तनका लागि गराइने शल्यक्रियामा पनि रोक लगाउन आदेश दिएका छन् ।
राष्ट्रपति ट्रम्पले गत जुलाइमा तेस्रोलिंगीलाई अमेरिकी सेनाको कुनैपनि पदमा काम गर्न नदिइने बताएका थिए ।
तेस्रोलिंगीले सेनालाई औषधि खर्च र अरु कारणले बोझ थप्ने ट्रम्पको तर्क छ ।
यसअघिका राष्ट्रपति बराक ओबामाले तेस्रोलिंगीलाई पनि सेनामा भर्ना हुन पाउने व्यवस्था गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्