युथ फर ह्युमन राइट्स इन्टरनेसनलको अमेरिकामा आयोजित १४औं अन्तर्राष्ट्रिय सम्मेलनमा अधिकारकर्मी प्याकुरेललाई सम्मान गरिएको हो ।
अगस्ट २४ देखि २६ सम्म आयोजित तीनदिने सम्मेलनकाक्रममा कोस्टारिकाका पूर्वराष्ट्रपति तथा नोबल शान्ति पुरस्कार विजेता ओस्कार सान्येजको उपस्थितिमा युथ फर ह्युमन राइट्स इन्टरनेसनल अध्यक्ष मेरी सेटलवेथले संयुक्त राष्ट्रसंघको मुख्यालयमा अवार्ड प्रदान गरेका हुन् ।
विश्वका विभिन्न देशमा विपद्काबेला उद्धारकार्य गरेको, मानवअधिकारको क्षेत्रमा योगदान पुर्याएको, सन् २०१५ मा नेपालको गएको विनाशकारी भूकम्प र त्यसपछिको कार्यमा पुर्याएको योगदानको मूल्यांकन गर्दै अधिकारकर्मी प्याकुरेललाई २०१७ को हिरो अवार्ड प्रदान गरिएको जनाइएको छ ।
संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित सम्मेलनमा विश्वको ४० देशका युवा मानवअधिकारकर्मीको सहभागिता रहेको थियो ।











प्रतिक्रिया दिनुहोस्