९ जेष्ठ २०८२, शुक्रबार | Sat May 24 2025


सिनावात्रा मुलुक छोडेर दुबई पुगेको खुलासा


0
Shares

धान अनुदान कार्यक्रममा करोडौं भ्रष्टाचार गरेको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइ हुनुअघि उनले मुलुक छोडेको शुक्रबारमात्र सार्वजनिक भएको थियो । तर, उनी गएको मुलुकबारे केही बताइएको थिएन ।

यिङलकको पिउ थाई पार्टी स्रोतले उनले गत हप्ता नै मुलुक छोडेको जनाएको छ । कम्बोडियाबाट सिंगापुर हुँदै उनी दुबई पुगेको बताइएको छ ।

तर, थाई सरकारका उपप्रधानमन्त्रीले भने यिङलक पुगेको मुलुकबारे चाँडै नै स्पस्ट हुने बताएका छन् ।

दुबईमा सिनावात्राका दाजु पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा पनि स्वनिर्वासनमा छन् । भ्रष्टाचारकान्डका कारण जेल सजाय छल्न उनी सन् २००८ देखि दुबईमा रहँदै आएका छन् ।

अदालतमा उपस्थित नभएपछि अदालतले यिङलकलाई पक्रन आदेश दिएको थियो । अदालतले अपहेलनासम्बन्धी यिङलकको मुद्दाको सुनुवाइ सेप्टेम्बर २७ लाई सारेको छ ।

६ वर्षअघि प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै सुरु गरेको धान अनुदान कार्यक्रममा आर्थिक अनियमितता गरेको आरोप उनीमाथि छ ।

सन् २०१५ मा सेना समर्थित संसदले महाभियोग लगाएपछि प्रधानमन्त्री यिङलकले पद छाड्नुपरेको थियो । (एजेन्सी)