२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


मृत भेटिएका प्रहरी जवान कुँवरको सहकर्मीले नै हत्या गरेको खुलासा


0
Shares

हत्यापछि पक्राउ परेका ६ जना र अन्य शंकास्पद व्यक्तिसँग गरिएको अनुसन्धानपछि सहकर्मी भानबहादुर विष्टले हत्या गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।

भीमदत्तनगर नगरपालिका–६ ऐठपुरस्थित न्यू संगम होटलमा सँगै बसेर मदिरा सेवन गरेका विष्टले कुँवरको हत्या गरेको कञ्चनपुरका प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए ।

प्रहरीले विष्टको घरमा खानतलासी गर्दा हत्या भएका कुँवरले लगाएको सुनको सिक्री फेला परेको प्रहरीले जनाएको छ । विष्टले आफूले नै हत्या गरेको स्वीकार गरेका छन् ।