२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


अवैधरूपमा सीमापार गर्न लागेका २९ वटा गाई नियन्त्रणमा


0
Shares

शनिबार राति इलाका प्रहरी कार्यालय बर्दिवासले विशेष सुराकीका आधारमा बर्दिबास नगरपालिका–२ बाट २६ गाई र तीनवटा गोरु नियन्त्रणमा लिएको हो ।

ना६क ३८४१ नंको ट्रकमा बर्दिबासबाट औरही–जलेश्वर सडकखण्ड हुँदै भारततर्फ लैजाँदै गर्दा विशेष सुराकीका आधारमा प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिए ।

बरामद गरिएका गाई हेटौँडाबाट ल्याइएको र भारत, बंगलादेशतर्फ लैजान लागेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

बरामद गाई र ट्रक आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाएको इप्रका बर्दिबासले जनाएको छ ।

महोत्तरीमा खुला सीमा नाकाका कारण दैनिक गाईगोरु भारतमा तस्करी हुँदै आएको छ । रासस