भारतको वाल्मीकिनगर आसपासका क्षेत्रबाट उद्धार गरी ती गैंडा नेपाल ल्याइएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले जनाएको छ । उद्धार गरिएकामध्ये पाँचओटा गैंडालाई निकुञ्जमा छाडिसकिएको छ ।
निकुञ्जको टोलीले अझै भारतमा गैंडा रहेको आशंकामा खोजी जारी राखेको जनाएको छ ।
गैंडाको उद्धारका लागि चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिकसहित ५० जनाको टोली परिचालन गरिएको छ ।
बाढीका कारण चितवन निकुञ्जको एउटा गैंडा, एउटा चित्तल र ६ ओटा रतुवामृग मरेका छन् ।
बाढीले चितवन राष्ट्रिय निकुञ्जमा दुई करोड रुपैयाँभन्दा बढीको भौतिक सम्पत्ति क्षति भएको निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्