Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


एडभान्स एड कार्यक्रम सुरु


0
Shares

म्यानेजमेन्ट इन्टिच्युट फर इन्फरमेसन डेभलपमेन्ट (माइन्ड) नेपालले गुणस्तरीय शिक्षा हासिल गर्न विदेशिने युवाका लागि स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने उद्देश्यले माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका प्रतिनिधिको सहभागितामा सम्मेलन गरी औपचारिकरुपमा थालनी गरेको हो ।

७४ देशका ४४ हजार विद्यालयलाई विभिन्न मुलुकमा प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा दिइरहेको र नेपालमा पनि विद्यालय शिक्षा सुधार र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न लागेको माइन्डले जनाएको छ ।

यसका लागि विद्यालयका प्रतिनिधिलाई माइन्डको सदस्यता प्रदान गरी तालिम दिइ शैक्षिक गुणस्तरमा सुधारिने माइन्डका कार्यकारी अधिकृत अनिल प्रधानले बताए ।