२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


गाई काटेको आरोपमा पक्राउ परेका चारजनाविरुद्ध मुद्दा दर्ता


0
Shares

शनिबार राति गाई काटिरहेको अवस्थामा १८ वर्षीय प्रविन चेपाङ, ६० वर्षीय मनबहादुर चेपाङ, २२ वर्षीय विनोद थापा र २१ वर्षीय अमर प्रजा पक्राउ परेका थिए ।

उनीहरुविरुद्ध आइतबार जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर गौबधसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।