Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


बूढीगंगा नदीमा बगेर एमाले जिल्ला नेता कुँवर बेपत्ता


0
Shares

साफेबगर नगरपालिका–४ खाल्सैन–मौवा निवासी ५२ वर्षीय प्रकाश कुँवरलाई आइतबार बूढीगंगा नदीले बगाउँदा बेपत्ता भएका हुन् ।

आफन्तको मलामी गएका कुँवरलाई नुहाउनेक्रममा नदीले बगाएको उनका आफन्तले बताएका छन् ।

बेपत्ता कुँवरको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यलय साफेबगरका प्रहरी निरीक्षक महेन्द्र कलौनीले जानकारी दिए ।