Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


हाइसको ठक्करबाट एक बालिकाको मृत्यु, चार घाइते


0
Shares

वडा प्रहरी कार्यालय वालिङकाअनुसार ग१ख ३५७९ नम्बरको हाइसको ठक्करबाट पर्वत घर भइ हाल वालिङ–९ भूम्रेमा बस्दै आएकी १२ वर्षीया अमिसा थापाको मृत्यु भएको हो ।

बिहान ९.३० बजे ओरालो बाटोमा हाइसको ब्रेकफेल भएर भएको सो दुर्घटनामा परी वालिङ–९ का ५५ वर्षीय बद्री श्रेष्ठ, १३ वर्षीया निर्जला श्रेष्ठ, २८ वर्षीय लोकप्रसाद कुमाल र १८ वर्षीय अर्जुन कुमाल घाइते भएका छन् ।

घाइतेको अवस्था गम्भीर रहेको र उपचारका लागि उनीहरुलाई पोखरा पठाइएको जनाइएको छ । रासस