बगेर आएका ती दुबै गैँडा नवलपरासीको सुस्ता गाउंपालिका-५ स्थित चन्द्रगञ्जमा फेला परेको स्थानीयवासीले बताएका छन् ।
ती गैँडा गाउँका वरिपरी घुमीरहेकाले स्थानीयवासी त्रसित बनेका छन् । आफुहरु जोखिममा रहेको तथा गैँडाका कारण घर बाहिर निस्कन नसकेको स्थानीयले बताएका छन् ।
गैँडा गाउँ पस्ने हो कि भन्ने डरले प्रहरी गैँडाको निगरानी गरिरहेको रामनगर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भीमबहादुर चौधरीले बताए ।
यस सम्बन्धमा निकुञ्ज तथा वन कार्यालयलाई जानकारी गराइसकिएको पनि उनले बताए । रासस










प्रतिक्रिया दिनुहोस्