अकस्मात् छोरा–बुहारीको मृत्युले परशुरामकी आमा मिसकुमारी सापकोटा अचेत छिन् भने उनका अन्य परिवार शोकमा परेका छन् ।
परशुराम दुई वर्षअघि तथा कल्पना तीन वर्षअघि दुबईमा काम गर्न गएका थिए । कल्पना जुस उत्पादन कम्पनीमा काम गर्दै आएकी थिइन् ।
उनीहरु आफ्नै कोठामा शनिबार मृत फेलापरेको खबर आएको बुबा मोती सापकोटाले बताए ।
परशुराम झुन्डिएको अवस्थामा फेलापरेका थिए भने कल्पना घाँटीमा गम्भीर चोट भएको अवस्थामा मृत फेलापरेकी थिइन् ।
उनीहरुका १० र १४ वर्षका दुई छोरा रहेका छन् । रासस










प्रतिक्रिया दिनुहोस्