Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


साउदीमा श्रीमान्को मृत्यु, श्रीमतीले अर्कैसँग विवाह गरेपछि छोराछोरीको बिचल्ली


0
Shares

रुकुम जिल्लाको बाँफीकोट गाउँपालिका–९ झुलाका २४ वर्षीय रत्नबहादुर नेपालीको मृत्यु भएको हो ।

१५ महिनाअघि रोजगारीका लागि साउदी गएका नेपालीको आइतबार राति कोठामा सुतेको अवस्थामा मृत्यु भएको उनका आफन्त लालबहादुर नेपालीले जानकारी दिए । कम्पनीबाट काम सकेर कोठामा आएका नेपाली खाना खाएर सुतेको र बिहान उठ्दा मृत अवस्थामा फेला परेको उनले बताए ।

मृतक नेपालीका एक छोरा र एक छोरी छन् । उनकी श्रीमती एकमहिनाअघि छोराछोरीलाई छोडेर अर्कैसँग विवाह गरेर गइसकेकी छन् । रासस