Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


वर्षा प्रभावित १०७ घरपरिवारलाई त्रिपाल वितरण


0
Shares

वर्षाका कारण घर भत्किएका र जोखिममा परेकाहरुलाई नारायण नगरपालिकाले त्रिपाल वितरण गरेको हो । नारायण नगरपालिका वडा नम्बर १ का सचिव गोपाल श्रेष्ठले प्रभावित १ सय ७ घर परिवारलाई त्रिपाल वितरण गरिएको जानकारी दिए ।

उनले प्रभावितहरुको पहिचान गरी थप त्रिपाल वितरणको तयारी भइरहेको बताए ।

केही दिनअघि दैलेखमा परेको अविरल वर्षाका कारण सदरमुकामका ६ वटा घर भत्किएका थिए । त्यसैगरी भगवतीटोल, गोलबजारमा रहेका दलित समुदायका घर बढी जोखिममा परेका छन् ।

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले नगरपालिकाभित्रका सबै प्रभावितको तथ्यांक संकलन गरी राहत वितरण र पुनर्स्थापनाको काम गरिने बताए ।