Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


नगर क्षेत्रमा व्यवस्थित पार्किङ नहुँदा यात्रुलाई सास्ती


0
Shares

कमलामाई नगरपालिकाले विपी राजमार्गलगायत नगरका विभिन्न सडकमा व्यवस्थित पार्किङका लागि गुरुयोजना तयार गरि कार्यान्वयन गराउन नसक्दा यातायातका साधन सञ्चालन र पार्किङमा समस्या आएको हो ।

सडकमा गुड्ने सवारी साधनकै अव्यवस्थित पार्किङका कारण पैदल यात्रुले सास्ती ब्यहोर्नुपरेको छ । कमलामाई नगरक्षेत्रमा सवारी साधनको पार्किङ व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सामान्य काम गरे पनि प्रभावकारी हुन सकेको छैन ।

कमलामाई नगरपालिकामा दैनिक करिव चार हजार सवारी साधन सञ्चालन हुने गरेका छन् । नगर क्षेत्रको सडक आसपासका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरि सडक क्षेत्रसमेत साँघुरो बनेका कारण सवारी पार्किङमा थप समस्या भएको बताइएको छ ।