Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग


0
Shares

खुला रुपमा पाइने तथा बजारमा उपलब्ध हुने ढिके नुनले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने बताइए पनि विगत देखि नै यहाँका मानिसले सोही नुन प्रयोग गर्ने गरेका हुन् ।

आयोडिनयुक्त नुनको तुलनामा ढिके नुन सस्तो र सहज रुपमा पाइने भएकाले सर्वसाधारणले यसैको प्रयोग बढी गर्ने गरेका हुन् । गाउँमा ढिके नुन प्रतिकिलो १८ रुपैयाँमा पाइन्छ, तर आयोडिनयुक्त नुन प्रतिकेजी ३० रुपैयाँ पर्छ ।

ढिके नुनको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भए पनि जनचेतनाको अभावले सर्वसाधारणले अझै पनि यसकै प्रयोग गर्दै आएको सरोकारवालाहरु बताउँछन् ।