Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


थकालीहरुको कुमार जात्रा तथा भदौरे मेला सुरु


0
Shares

स्थानीय १३ मुखियाको आयोजनामा मंगलबारबाट शुरु भएको मेला बिहीबारसम्म चल्नेछ । देश विदेशमा छरिएर रहेका थकाली जातीलाई वर्षको एक पटक आफ्नो पुख्र्यौली थलोमा बोलाई आफ्ना कुल देवताको पूजाआजा गर्ने, मनोरञ्जन गर्ने तथा संस्कृति र परम्पराको सरंक्षण गर्ने उद्देश्यले प्रत्येक वर्ष भदौ तेस्रो साता कोवाङ्मा कुमार जात्रा तथा भदौरे मेला हुने गर्दछ ।

तल्लो मुस्ताङका ६ वटा गाउँका थकालीको परम्परा, संस्कृति र जीवनशैलीमा आधारित कुमार जात्रा तथा भदौरे मेलामा सहभागि हुन देशका विभिन्न ठाउँमा रहेका थकालीसमुदायका युवायुवती, वृद्धवृद्धालगायत विदेशबाट समेत पुर्ख्यौली थलोमा आएका छन् ।

घोडादौड मेलाको मुख्य आकर्षण रहने मेला आयोजक समितिका इन्द्रमान शेरचनले जानकारी दिए ।