Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


भूकम्पपीडितको अवस्था उस्तै, अझै टहरामै बस्न बाध्य (भिडियो)


0
Shares

अधिकांश भूकम्प प्रभावित अहिले पनि कष्टकर दैनिकी बिताउन बाध्य हुँदै आएका छन् । सरकारले दिने घोषणा गरेको सहयोग पाउन नसक्दा गोरखाका भूकम्प प्रभावितले निजी आवास निर्माण गर्न नसकेका हुन् ।

सरकारले अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ दिए पनि त्यसपछि अरु रकम निकासा गरेको छैन । पहिलो किस्ताको रकमले घर बनाउन नसकिएको भूकम्प प्रभावितहरुको गुनासो छ । सरकारले दिने सहयोगबाहेक अरु विकल्प नभएकाले घर बनाउन नसकेर अस्थायी टहरामै बस्नुपर्ने बाध्यता रहेको उनीहरु बताउँछन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्