Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


नारायणगढ–मुग्लिन सडक भासियो, सयौं गाडी जाममा परे


0
Shares

रातभर भएको वर्षा र पहिरोले करिव ५० मिटर सडक भाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

सडकखण्डअन्तर्गत नौ किलोदेखि चार किलोको बीचमा ठाउँ–ठाउँमा पहिरो खसेको जानकारी दिए ।

अहिले सो स्थानमा वर्षा भइरहेकाले पहिरो हटाउन सकिएको छैन । सडक पनि भाँसिएको र पहिरो पनि धेरै ठाउँमा खसेकाले बाटो खुलाउन केही समय लाग्ने ट्राफिक प्रमुख पन्तले जानकारी दिए ।

रातिदेखि नै बाटो अबरुद्ध भएकाले सयौंको संख्यामा सवारी साधन जाममा परेका छन् ।