प्रदीप पौडेल (इमेज)
पोखरा, माघ ४ । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र बैंक र वाणिज्य बैंकहरुले असहयोग गरे प्रदेश सरकारले आफ्नै बैंक खोल्ने चेतावनी दिएका छन् ।
नेपाल राष्ट्र बैंक पोखराले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै उनले बैंकहरुलाई केन्द्रीय सरकारकोमात्रै हो भन्ने सोंच नराख्न आग्रह गरे ।
राष्ट्र बैंक र वाणिज्य बैंक सबै तहका सरकारका भएकाले केन्द्रमुखी हुन नहुने उनको धारणा थियो ।
बैंकहरुले प्रदेश सरकारले भनेको ठाँउमा लगानी गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने पनि उनले प्रतिबद्धता जनाए ।








प्रतिक्रिया दिनुहोस्