Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


पहिरो खसेर अवरुद्ध मेची राजमार्ग सुचारु


0
Shares

वर्षा रोकिना साथ सडक मर्मत र सफाई गरी बिहान १० बजेबाट सडक सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय ताप्लेजुङका सुपरभाईजर नविन उप्रेतीले जानकारी दिए ।

सडक सञ्चालनमा आएसँगै ताप्लेजुङबाट पाँचथर, इलाम, झापाहुँदै विभिन्न स्थानमा जाने यात्रुबाहक सवारी साधन गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

विगत २४ घण्टामा ताप्लेजुङमा वर्षकै सबैभन्दा बढी ८६ दशमलव ७ मिलिमिटर वर्षा भएको थियो ।