
बिहीबार बिहान कर्मचारी सुशील श्रेष्ठले कार्यालयमा सफाइ गर्दै जाँदा सेफ फुटालिएको देखेपछि मेनेजर र प्रहरीलाई खबर गरेका थिए ।
कार्यालयको झ्याल फोरेर राति नै रकम चोरेर लगेको देखिएको छ ।
तर, चोरीको समय खुल्न नसकेको बताइएको छ ।
यदुराम अधिकारीको घरमा भाडामा सन्चालन हुँदै आएको सहकारीमा अरु कोही पनि बस्ने गरेका थिएनन् ।
उक्त सहकारीमा सीसी क्यामेरा जडान नभएको र सुरक्षागार्डसमेत नहुँदा चोरले सहजरुपमा रकम चोरी गरेर भागेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्