१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


सप्तरीमा मतदान अधिकृतहरुको प्रशिक्षण सुरु


0
Shares

सप्तरी सदरमुकाम राजविराजस्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयमा आयोजित प्रशिक्षणमा ४६१ मतदान अधिकृत र सहायक अधिकृतसमेत गरी ९२२ जना सहभागी छन् ।

मतपत्रको सुरक्षा र अभिलेखिकरण, मतदाता परिचयपत्र वितरण, मतपेटिकाको व्यवस्थापन, निष्पक्ष निर्वाचनका लागि अवलम्बन गर्नुपर्ने प्रक्रियालगायतका विषयमा प्रशिक्षण दिइएको प्रमुख निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए ।

सप्तरीका १८ ओटा स्थानीय तहमा २९५ मतदानस्थल तथा ४६२ ओटा मतदान केन्द्र कायम गरिएको छ ।

सप्तरीमा १ लाख ७० हजार ८८८ पुरुष, १ लाख ६० हजार ७७० महिला र २१ तेस्रोलिंगी गरी ३ लाख ३१ हजार ६७९ मतदाता छन् ।