
आयोगको बिहीबार बसेको बैठकले दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत् गर्दै पहिलो चरणमा हिमाली तथा उच्च पहाडी ३२ जिल्ला र दोस्रो चरणमा पहाडी तथा तराईका ४५ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो ।
जसअनुसार पहिलो चरणमा प्रदेश नम्बर–७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा निर्वाचन गरिनेछ ।
यस्तै, प्रदेश नम्बर–६ का जाजरकोट, हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र पश्चिम रुकुम तथा प्रदेश नम्बर–५ अन्तर्गत् पूर्वी रुकुम र रोल्पामा निर्वाचन हुनेछ ।
यस्तै, प्रदेश नम्बर–४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, गोर्खा, मनाङ र लमजुङ जिल्लामा मंसिर १० गते निर्वाचन हुनेछ ।
३ नम्बर प्रदेशका नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप तथा १ नम्बर प्रदेशका सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ जिल्लामा सोही मितिमा निर्वाचन गरिने पनि पनि आयोगले जनाएको छ ।
बाँकी जिल्लाहरुमा मंसिर २१ गते प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्