
बुधबार मध्यराति रक्सी खान बसेका दम्पतीबीच घरायसी विवादले उग्ररुप लिँदा दीपक केसीकी २९ वर्षीया पत्नी सलिनाले आत्महत्या गरेकी थिइन् ।
विवादपछि राति १ बजे सलिना घरबाट निस्किएपछि उनलाई मृतावस्थामा फेला पारेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका दीपकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका काभ्रेका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए ।
आफन्त र छिमेकीले दीपकलाई उपराचार्थ तत्काल धुलिखेल अस्पताल लगेका थिए । केसी दम्पतीकी एक छोरी छिन् । रासस
प्रतिक्रिया दिनुहोस्