२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


किमको पत्र बोकेर उत्तर कोरियाली अधिकारी अमेरिका पुगे


0
Shares

वासिंटन, माघ ४ । उत्तर कोरियाका नेता किम जोङ उनका दाहिने हात मानिने एक उच्च अधिकारी अमेरिकाको राजधानी वासिंटन डिसी पुगेका छन् । किमका नजिकका व्यक्ति एवं उत्तर कोरिया तथा अमेरिकाबीचको वार्तामा सहभागीमध्येका एक किम योङ्ग चोल अमेरिकी अधिकारीसँगको भेटका लागि डिसी पुगेका छन् ।

चोलले आफ्नो साथमा किमले ट्रम्पका लागि लेखेको चिट्ठी लिएर गएको बताइएको छ । चोलले अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओसँग शुक्रबार भेट गर्ने तयारी रहेको दक्षिण कोरियाको सरकारी समाचार संस्था योनहाफले जनाएको छ ।

किम र ट्रम्पबीचको दोस्रो वार्ता भियतनाममा हुने तयारी भइरहेको खबर आइरहेका बेला चोल किमको चिट्ठी लिएर अमेरिका पुगेका हुन् । ट्रम्प र किमबीच गत वर्ष सिंगापुरमा पहिलो ऐतिहासिक वार्ता भएको थियो । त्यसपछि उत्तर कोरियाले परमाणु निशस्त्रिकरणको काम गरिरहेको छ ।

बीचमा विभिन्न अवरोध आए पनि काम भइरहेको बताइन्छ । यही सेरोफेरोमा दुई नेताबीच फेरि वार्ताको तयारी भएको हो । चोल चीनको बेइजिङ हुँदै अमेरिका पुगेको दक्षिण कोरियाका अधिकारीले बताएका छन् । (एजेन्सी)