१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


मेक्सिकोसँगको सीमामा बनाइने पर्खालको नमूना तयार पार्न चार कम्पनी छनोट


0
Shares

यी चार कम्पनीले बनाउने पर्खालको नमूनाको उचाइ ३० फिट हुनुका साथै लम्बाइ पनि ३० फिट नै हुनेछ । नमूना केही महिनामै तयार हुने अमेरिकी कष्टम एण्ड बोर्डर प्रोटेक्सनले जनाएको छ ।

पर्खालको नमूना तयार भएपछि अमेरिकी अधिकारीहरुले करीब दुई महिनासम्म पर्खालको मजबुतीकरणको परीक्षण गर्नेछन् । यसका लागि ती चार कम्पनीलाई पाँच लाख डलरका दरले भुक्तानी दिइने जनाइएको छ ।

अलाबामा, एरिजोना, टेक्सस र मिसिसिपीको कम्पनीलाई छनौट गरिएको अमेरिकी सीमा गस्तीका प्रमुख तथा डेपुटी कमिस्नर रोनाल्डो भिटीएलोले जानकारी दिए । नमूना पर्खाल स्यान्डियागो क्यालिफोर्नियामा बनाइने छ । (एजेन्सी)