Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


ताप्लेजुङ–पाँचथर सडकखन्ड जोखिमपूर्ण


0
Shares

गत बुधबार र बिहीबार राति परेको वर्षाका कारण सडक क्षतविक्षत हुनुका साथै भासिनसमेत थालेको छ ।

पाँचथर फुङ्लिङ नगरपालिकास्थित धुसेनी भीरदेखि बहानन्देसम्मको करिब दुई किलोमिटर सडक क्षतिग्रस्त भएकाले ठूला सवारी–साधन सन्चालन गर्न मुस्किल भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पानीले बगाएको सडकको मर्मतको काम जारी राख्दै अहिले हलुका सवारी–साधनमात्र सन्चालन गर्न दिइएको छ ।

दिनभर मर्मत गरेको सडक रातिको वर्षाले भत्काउने र बगाउने गरेकाले सडक नियमितरुपमा सन्चालनमा आउन अझै केही दिन लाग्ने सडक डिभिजन कार्यालय ताप्लेजुङका सुपरभाइजर नवीन उप्रेतीले बताए ।