Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


नहरमा डुबेर महिलाको ज्यान गयो, सर्पले डस्दा पुरुषको मृत्यु


0
Shares

बागमती नगरपालिका–८ शंकरपुर, माझीटोलकी ४० वर्षीया फूलकुमारी महतोको बागमती सिँचाइ आयोजनाअन्तर्गत् मानपुर शाखा नहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

बिहीबार दिउँसोदेखि बेपत्ता महिलाको शुक्रबार बिहान शव फेलापरेको हो । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए ।

सर्पले डस्दा मृत्यु
सर्लाहीको परवानीपुरमा शुक्रबार विषालु सर्पले डसेर एक पुरुषको मृत्यु भएको छ ।

भैंसीलाई खुवाउने पराल तान्नेक्रममा सर्पले डस्दा लालबन्दी नगरपालिका–१६ परवानीपुर, माझीगाउँका ४५ वर्षका जगतबहादुर माझीको मृत्यु भएको हो ।

सर्पले डसेपछि अस्पताल नलगी आयुर्वेदिक उपचारका लागि हरिवनको बालगंगातर्फ लैजानेक्रममा माझीको बाटोमा नै ज्यान गएको जनाइएको छ ।

सर्लाहीमा जिल्ला अस्पताल मलंगवा र सर्पदंश उपचार केन्द्र नवलपुरमा सर्पले डसेका बिरामीको उपचार हुने गरेको छ ।