१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


आयोगले भन्यो–‘अनुमति नलिइ कुनै कार्यक्रममा सहभागी नहुनू’


0
Shares

आयोगले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सरुवा, बढुवा र नियुक्तिमा पूर्णरुपमा रोक लगाएको छ ।

यस्तै, प्रधानमन्त्री र मन्त्रीहरुलाई पनि आयोगले अनुमति नलिइ कुनै कार्यक्रममा सहभागी नहुन भनेको छ ।

अगाडिको मिति राखेर सरुवा गरेको गुनासो आएको भन्दै आयोगले त्यस्तो भए तत्काल आयोगमा उजुरी गर्न भनेको छ ।

राष्ट्रको तर्फबाट प्रतिनिधित्व गरेर जानुपर्नेबाहेकका सबै वैदेशिक भ्रमणमासमेत रोक लगाएको जानकारी आयुक्त सुधीरकुमार शाह दिए ।

आचारसंहितालाई कडाइका साथ लागू गर्ने भन्दै आयोगले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सहयोग गर्न सबैसँग अपिल गरेको छ ।