डा.बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानले आज राजधानी गरेको कार्यक्रममा पूर्व राष्ट्रपति डा.रामवरण यादवले विपश्यना ध्यान साधनालाई नगद रु ५० हजार १ सयसहित पुरस्कृत गरे ।
यस्तै, ‘डा.बलराम जोशी सुयोग्य शिक्षक पुरस्कार’ प्राध्यापक पुरुषोत्तम भट्राईलाई प्रदान गरियो ।
चन्द्रकुमारी हिमालयराज जोशी स्वास्थ्य सेवा कोषले अछामका विपन्न वर्गमा स्वास्थ्य सेवा प्रदान गरेको भन्दै ‘पोसिबल’ संस्थालाई पुरस्कृत गरेको छ ।
त्यस्तै, दीपकुमारी पिताम्बर प्रसाद पन्त समाज सेवा कोषले समाजसेवी विनोद शाहीलाई पुरस्कृत गरेको छ भने ‘वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद पन्त पुरस्कार’बाट पूर्व न्यायाधिश राम प्रसाद श्रेष्ठ पुरस्कृत भएका छन् ।
पुरस्कृत हुने सबैलाई जनही रु २५ हजार १ सय नगद सहित पुरस्कृत गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्