
रोहिंज्या विद्रोही र सरकारी सेनाबीच युद्ध चर्किएपछि एकसाताभित्र ४० हजार मुसलमान रोहिंज्या शरणार्थी ज्यान बचाउन छिमेकी देश बंगलादेश पसेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
गत अगस्ट २५ मा विद्रोहीले प्रहरी पोष्टमा आक्रमण गरेपछि त्यस क्षेत्रमा म्यानमार सैनिक खटिएका छन् । सैनिक अधिकारीहरुका अनुसार विगत ६ दिनमा ३७० जनाभन्दा बढी मारिएका छन् ।
भिडन्त चर्किएपछि नफ नदिमा डुंगाबाट सीमाक्षेत्र पार गरी छिमेकी देश बांग्लादेशमा शरण लिन बाध्य भएका छन् । ‘बीबीसी‘का अनुसार शुक्रबार (आज) डुंगाबाट सीमाक्षेत्र गर्ने क्रममा ११ बालबालिका सहित २६ जनाको ज्यान गएको छ ।
बौद्ध धर्म बाहुल्य म्यानमारमा अल्पसंख्यक मुस्लिम समुदायलाई विभिन्न प्रतिबन्ध लगाइएको । रोहिंज्या मुसलमान विद्रोही समुहले २० ओटा प्रहरी चौकीमा आक्रमण गरेपछि पछिल्ला हिंसा भएका हुन् ।
राष्ट्रसंघकी म्यानमारस्थित मानव अधिकार विज्ञ भिभान टानले म्यानमारको राखाइन राज्यमा चलेको हिंसाको चक्रप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । उनले हजारौँ नागरिक अझैपनि सीमा क्षेत्र पार गर्न लाइनमा बसीरहेका र उनीहरुलाई आवश्यक वासस्थानको लागि टेन्ट र खानेकुराको ब्यबस्थ गर्न लागिपरेको बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस्