२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


नागढुंगाबाट अवैध लागुऔषधसहित तीनजना पक्राउ


0
Shares

प्रभागबाट खटिएको टोलीले जनकपुरदेखि काठमाडौं आउँदै गरेको ना५ख १४३३ नम्बरको यात्रीबाहक बसमा झोलामा लुकाइ ल्याएको अवस्थामा लागुऔषधसहित शुक्रबार दिउँसो तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी, पिपराका शत्रोहनकुमार साह, जनकपुरका चन्द्रबहादुर शाह र धादिङका मनोज परियार रहेका छन् ।

तीनजनामध्ये चन्द्रबहादुर र मनोजलाई शत्रोहनकुमारको सहयोगमा कलंकीबाट पक्राउ गरिएको प्रभागका प्रमुख ऋषिराम घर्तीमगरले जानकारी दिए ।

पक्राउ परेकाबाट ५९ एम्पुल डाइजेल्याब, ५९ एम्पुल फेनार्गन, ५७ एम्पुल लुपिजेसिक तथा ३०० ट्याब्लेट नाइट्रापाम बरामद गरिएको छ ।

यसैगरी, प्रहरीले शुक्रबार बिहान वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना६ख १४६१ नम्बरको बसमा फेर्नागन ३० एम्पुल, नुर्फिन ३० एम्पुल र डाइजेल्याब ३० एम्पुल फेलापारेको थियो । रासस