२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते


0
Shares

लण्डन, माघ ४ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक सवारी दुर्घटनामा घाइते भएका छन् ।

दुर्घटनापछि उनलाई एक अस्पतालमा उपचारका लागि लगिएको अधिकारीहरुले जनाएका छन् । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनको शरीरमा भित्री चोट नरहेको चिकित्सकले जनाएका छन् ।

९७ वर्षीय फिलिप सवार मोटर भने क्षतिग्रस्त भएको छ ।

दुर्घटनामा अन्य सवारी साधनमा पनि क्षति भएको छ । अन्य सवारी साधनका चालक र यात्रुसमेत घाइते भएको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)