
समाचार एजेन्सीहरुका अनुसार दमकलकर्मीलाई रुसी अधिकारीहरुले कार्यालयकै चिम्नीमा पुराना तथा काम नलाग्ने बस्नु जलाइएको भन्दै फर्काएका थिए ।
अमेरिकाले रुसका दुई वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको भोलिपल्टै सो घटना भएको हो । अमेरिकाले बन्द गर्न आदेश दिएका वाणिज्य दूतावासमध्ये उक्त दूतावास पनि पर्दछ ।
रुसको अनुचित कारवाहीको जवाफस्वरुप भन्दै अमेरिकी सरकारले शनिबारसम्ममा न्यूयोर्क र वासिंटनमा रहेका वाणिज्य दूतावास र संलग्न कार्यालयहरु बन्द गर्न भनेको हो ।
गत महिना रुसले उसको देशमा रहेका अमेरिकी कूटनीतिज्ञको संख्या घटाएको थियो, जसको जवाफमा यो कदम लिइएको जनाइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्