Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


मुस्लिमहरुको दोस्रो ठूलो पर्व ईदुल अजहा धुमधामका साथ मनाईदै


0
Shares

जिल्लाको सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, मर्जादपुर, पकडी, अभिराव लगायत विभिन्न स्थानहरुमा रहेका मस्जिदमा भेला भै सामुहिक नमाज पढेर एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् ।

ईदुल अजहाको नमाज पढी सके पछि उनीहरु आआफ्नो घर गई आफ्नो क्षमता अनुसारको कुरवानी अर्थात् बली दिने गर्दछन् ।

मुस्लिम धार्मिक ग्रन्थ अनुसार अल्लाहले सवै भन्दा प्यारो वस्तु कुरवानी मागे पछि नवि ईब्राहिम अलि सलामले आफ्नो प्यारो छोरा ईस्माईलको वली स्वरुप कुरवानी दिन खोज्दा अल्लाह खुशी भई ईस्माईलको ठाउँमा दुम्बा अर्थात् भेडाको कुरवानी गरेको धार्मिक जन विश्वास रहेको छ ।

आजको दिनलाई उनीहरु अल्लाहले दुब्बाको कुरवानी लिएर ईस्माइललाई बचाएको पवित्र दिनको रुपमा स्मरण गर्दै घर घरमा खसी, भेडा, रांगा एवं पाठी बली दिएर कपिलवस्तुका मुस्लिमहरुले कुरवानी मनाई रहेका छन् ।

कुरवानीको मासु प्रसादको रुपमा ३ भाग लगाएर पहिलो भाग गरीवहरुको दोस्रो भाग साथीभाई का लागि र तेस्रो भाग परिवारमा राखेर खाने गर्दछन् ।