१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


‘मुसाको कारण बिहारमा बाढी’


0
Shares

जलस्रोतमन्त्री राजीव रञ्जन सिंह (लल्लन सिंह)ले बिहार राज्यमा हालैमात्र आएको बाढीले ५०० भन्दा बढीको ज्यान गएको र लाखौँ मानिस विस्थापित भएको बताउँदै बाढीका लागि मुसा जिम्मेवार रहेको बताएका हुन् ।

मन्त्री सिंहले बाढी रोकथामका लागि बनाइएको तटबन्ध वरपर बसोबास गरिरहेका मानिसले भण्डारण गरेका अन्नमा मुसा आकर्षित भएको र उक्त तटबन्धहरुमा मुसाले प्वाल पारेको बताए ।

मन्त्री सिंहका अनुसार मुसाले पारेको प्वालले तटबन्धलाई कमजोर बनाएको र उक्त प्वालबाटै नै गाउँमा बाढी पसेकोले धेरै जनधनको क्षति भएको ‘बीबीसी‘ले उल्लेख गरेको छ ।

तर, स्थानिय वासिन्दाहरुले बिहार सरकारले सडक र अन्य पूर्वाधार निर्माण गर्दा पानीको निकासलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

यसै वर्षको सुरुमा बिहार सरकारले जफत गरेका लाखौं लिटर रक्सी मुसाले सेवन गरेको प्रहरी अधिकारीहरुले बताएका थिए ।