१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


२ नम्बर प्रदेशमा आयुक्तको उच्चस्तरीय अनुगमन टोली


0
Shares

उच्चस्तरीय अनुगमन गर्न आयुक्तमध्ये धनुषा र महोत्तरीमा इला शर्मा, रौतहट र सर्लाहीमा नरेन्द्र दाहाल, पर्सा र बारामा ईश्वरीप्रसाद पौड्याल तथा सप्तरी र सिरहमा सुधीरकुमार शाह गएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

अनुगमनकाक्रममा उनीहरूले सम्बन्धित जिल्लास्थित कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सन्चारकर्मी, नागरिक समाजलगायतसँग छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

हालैको बाढीबाट क्षतिग्रस्त सडक, कल्र्भट र पुलको मर्मतको अवस्था, मतदानस्थल र मतदान केन्द्रलगायत अवस्थाको अध्ययन गरी निर्वाचनका लागि आवश्यक व्यवस्थापन मिलाउन आवश्यकताअनुसार सम्बन्धित निकायलाई उनीहरुले निर्देशन दिनेछन् । रासस