१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


‘म्यानमारमा रोहिंज्या मुसलमानको ७०० भन्दा धेरै घर सेनाले जलायो’


0
Shares

रखाइन प्रान्तको ‘स्याटलाइट’ तस्वीरबाट यो निश्कर्षमा पुगिएको ‘ह्यूमन राइट्स वाच’ले शनिबार (आज) उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार अल्पसंख्यक रोहिंज्या मुसलमान विद्रोही र सुरक्षाकर्मीबीचको संघर्षमा करीब ४०० जना मारिएका छन् । जातीय हिंसा चर्किएपछि ४० हजार रोहिंज्या मुसलमान बंगलादेश पुगेका छन् ।

सेनाले जानी–जानी आफ्नो घरहरुमा आगो लगाएको विस्थापित रोहिंज्या मुसलमान समुदायले जिकीर गरेका छन् । गतहप्ता रोहिंज्या विद्रोहीले ३० ओटा प्रहरी चौकीमा आक्रमण गरेपछि त्यस क्षेत्रमा फेरि हिंसा भड्किएको छ ।

पछिल्लो हिंसामा कम्तिमा १०० जना मारिएका छन् । घटनापछि सेना परिचालन गरिएको छ । (एजेन्सी)