Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


धादिङमा मालपोतको काममा ढिलाई, सेवाग्राहीलाई हैरानी


0
Shares

मालपोत कार्यालयमा दिनहुँजसो सेवाग्रहीहरुले सास्ती भोग्नुपरेको छ । कार्यालयमा कहिले विजुली नहुने त कहिले ईन्टरनेट नचल्ने गरेका कारण सेवाग्राहीको काममा ढिलाई हुने गरेको हो ।

मालपोत कार्यालय अनलाइन सिस्टममा गएपछि प्रभावकारी काम हुने भनिए पनि प्रविधिकै कारण सेवाग्राहीले दुख पाइरहेका छन् ।

कार्यालयमा रहेका दुईवटा कम्प्युटरबाट अनलाइन इन्ट्री गर्ने, लालपूर्जा बनाउने, चिठीपत्र टाइप गर्ने, मोठ भिडाउने, जग्गा रोक्का राख्ने, नामसारी गर्ने लगायतका काम गर्ने गरिएको छ ।

यी कामका लागि नियमित बत्ती र ईन्टरनेट हुनुपर्नेमा त्यसो नहुँदा सेवाग्राहीले सेवा लिनका लागी दुई÷तीन दिन कुर्नुपर्ने भएको हो ।