Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


बकर ईद धुमधामका साथ मनाईंदै


0
Shares

तीन दिनसम्म चल्ने यो पर्वको पहिलो दिन हिजो उनीहरुले नुहाइधुवाइ गरी बिहान इदगाह र मदरसामा गई इद ऊल फित्रको नमाज पढनुका साथै कुर्बानी दिएका थिए ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।

यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।

नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ । यो पर्व मनाउन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

हिजरी संवत् अनुसार १४३६ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको बताइएको छ ।