अव्यस्थित तारका कारण सडक दुर्घटना बढेको र शहरको सौन्दर्यसमेत बिगारेको भन्दै मन्त्रालयले अनुमति विना टाँगिएका तार काट्न सुरु गरेको हो ।
सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको माइतीघर मण्डलाबाट आइतबार बिहान तार काटेर अभियान सुरुवात गरे ।
उनले नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमले राखेका पोलमा विना अनुमति, करसमेत नतिरी जथाभावी अनियन्त्रित रुपमा तार राखेर शहरको सौन्दर्य बिगारेकाले यसलाई अभियानकै रुपमा देशभर अघि बढाइने बताए ।
अनियन्त्रित रुपले राखिएका तारका कारण राज्यलाई वार्षिक अर्बौं रुपैयाँ नोक्सानी भएको उनको भनाइ थियो ।
यसअघि मन्त्री बस्नेतले स्वीकृति नलिइ राखिएका अव्यवस्थित तार हटाउन निर्देशन दिइसकेका छन् ।
मन्त्री बस्नेतले दिएको निर्देसन सम्बन्धित निकायले पालना नगरेकाले आइतबारबाट तार काट्ने अभियान थालिएको हो ।










प्रतिक्रिया दिनुहोस्