Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


‘संक्रमणकालीन न्यायको विषय छायामा’


0
Shares

काठमाडौं, माघ ३ । बेपत्ता नागरिक छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगले उचित तरिकाले काम गर्न नसक्दा द्वन्द्वपीडितहरुले न्याय पाउने वातावरण नबनेको सरोकारवालाहरुले बताएका छन् ।

तत्कालीन माओवादीबाट हत्या गरिएका लमजुङ, दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीको १७औं स्मृति दिवसका अवसरमा बिहीबार राजधानीमा गरिएको कार्यक्रमका सहभागीहरुले संक्रमणकालीन न्यायको विषय छायामा परेको गुनासो गरे ।

आयोग गठन भएको चार वर्षसम्म पनि ती दुवै आयोगले द्वन्द्वपीडितहरुका लागि केही पनि काम गर्न नसकेको र सरकारले काम गरेकोजस्तो गरेर आँखामा छारो हाल्ने काममात्र गरिरहेको उनीहरुको आरोप रहेको छ ।

कार्यक्रममा मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठानका सचिव सुमन अधिकारीले सरकारले दुवै आयोगको फेरिपनि म्याद थप गर्ने लक्षण देखाएको भन्दै त्यसो गर्न नहुने बताए । आयोगको पुनर्गठन नै गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले शान्ति–सम्झौताको १२ वर्ष बितिसक्दा पनि द्वन्द्वपीडितहरुले न्याय पाउन नसकेको भन्दै पीडितहरुलाइ केन्द्रमा नराखेसम्म उनीहरुले न्याय नपाउने बताए ।