१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


अपहरणमा परेका अमेरिकी मुलका रुसी नागरिकको हत्या


0
Shares

                                                            कोलम्बियाको विद्रोही समूहका सदस्य

गत नोभेम्बरमा कोलम्बियाको विद्रोही समूह इएलएनको अपहरणमा परेका अमेरिकी मूलका रुसी नागरिक अरसन भोस्कन्यान भाग्न खोज्दा गोली हानी हत्या गरिएको हो ।

कोलम्बियाको उत्तर पश्चिम क्षेत्रमा रेडक्रसको सामान वितरणका लागि गएका अरसनलाई कोलम्बियाको इएलएन समूहले अपहरण गरेको थियो ।

यता, कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्तिबार्ताका लागि भएका प्रयासहरु विफल हुँदै आएका छन् । पटक पटकको वार्तामा विद्रोही समूहले नयाँ–नयाँ शर्त तेर्स्याएपछि वार्ता असफल भएको हो । (एजेन्सी)