डेनमार्कवासी नेपालीले रतुवामाई नगरपालिका गोविन्दपुरका बाढी पीडितलाई राहत सामग्री वितरण गरेको हो । डेनमार्कवासी नेपालीले संकलन गरेको डेढ लाख मूल्य बराबरको राहत सामग्री गोविन्दपुर र मुसरभिट्टाका १ सय ५० घरपरिवार बाढी पीडितलाई वितरण गरिएको हो ।
नेपाली जनसम्पर्क समिति डेनमार्कका पूर्व अध्यक्ष नविन आचार्यमार्फत बाढी पीडितलाई चामल, दाल, नुन, तेल चिनीलगायतका सामग्री वितरण गरियो ।
यसअघि झापा र सुनसरी जिल्लाका बाढी पीडितलाई ६ लाख ५० हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको आचार्यले जानकारी दिए ।
राहत विरतणमा रतुवामाई नगरपालिकाका मेयर रविन राईलगायत व्यक्तित्व पनि उपस्थित थिए ।










प्रतिक्रिया दिनुहोस्