
मलेसिया जाने दुईजना कामदारसँग रु एक लाख ६० हजार लिइरहेको अवस्थामा वैदेशिक रोजगार विभागको टोलीले आइतबार उक्त मेनपावरका कर्मचारी भीष्म अधिकारीलाई पक्राउ गरेको हो ।
आफूहरुसँग बढी रकम माग गरिएको भन्दै पीडितले विभागमा उजुरी दिएपछि गोप्यरुपमा अनुगमनमा गएको विभागको टोलीले सो रकम लिँदै गरेको अस्थामा अधिकारीलाई पक्राउ गरेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।
पक्राउ परेकालाई विभागले हिरासतमा राखेर अनुसन्धान गरिएको उनले बताए । सो मेनपावरका सञ्चालक शंकरप्रसाद आचार्यको पनि खोजी भइरहेको विभागले जनाएको छ ।
विसं २०७२ असार २१ गतेदेखि मलेसिया र खाडीका राष्ट्रहरु कतार, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन र कुबेतमा रोजगारीमा जाने नेपाली कामदारबाट मेनपावरले बढीमा रु १० हजारमात्रै सेवाशुल्क लिन पाउने व्यवस्था सरकारले गरेको छ ।
सो व्यवस्था रहेपनि अधिकांश मेनपावरले तोकिएकोभन्दा बढी रकम कामदारबाट असुल्दै आइरहेका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस्