Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


‘निर्वाचन आचारसंहिता लागू भए पनि कर्मचारी सरुवा प्रक्रिया नरोक्ने’


0
Shares

अत्यावश्यक कामका लागि कर्मचारीको सरुवा नरोकिने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराज न्यौपानेले जानकारी दिएका हुन् ।

उनले निर्वाचन आयोगसँग अनुमति लिएर काज, सरुवा र पदस्थापना गरिने बताए । भदौ महिनाभित्र मन्त्रालयले सरुवा गर्ने व्यवस्था भए पनि निर्वाचन आचारसहिंता लागेपछि सरुवालाई प्रभावित बनाएको छ ।

‘आचारसहिंताले पहिला जस्तो सरुवा गर्न मिल्दैन, तर अत्यावश्यक र नभई नहुने ठाउँमा आयोगको सहमति लिएर सरुवा गर्छौँ,’ प्रवक्ता न्यौपानेले भने ।

मन्त्रालयले अहिलेसम्म १२९ अधिकृत सरह र १२७ सुब्बासरहका कर्मचारी सरुवा गरेको छ । ती कर्मचारीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत स्थानीय तहमा, विभिन्न मन्त्रालयमा काजमा र पदस्थापनाका लागि सरुवा गरिएको प्रवक्ता न्यौपानले बताए । रासस