बिर्तामोड, माघ ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले डा. गोविन्द केसीले संसदमा गएको विधेयक नै अध्ययन नगरेको दाबी गरेका छन् ।
बिहीबार झापाको बिर्तामोडमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले डा. केसीले विधेयक नै अध्ययन नगरी अनशन बस्नुको कुनै तुक नभएको बताए ।
डा. केसीलाई अराजक समूहले उचालेको आरोप लगाउँदै नेता भट्टराईले केसीका ‘सबै माग पूरा भइसकेको अवस्थामा उनीसँग वार्ता गर्नुको अर्थ छैन’–भने ।









प्रतिक्रिया दिनुहोस्