
कारबाहीका क्रममा अरू ५० जना आत्मघाती बम हमलाकारी पनि मारिएको इराकी सेनाले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ ।
‘गत अगस्त २० देखि ३१ सम्ममा सरकारी सुरक्षाकर्मीहरुको प्रतिरक्षात्मक कारबाहीका क्रममा परी दुई हजारभन्दा बढी लडाकू र ५० जना आत्मघाती बम हमलाकारीको मृत्यु भएको छ,’ संयुक्त कारबाहीका कमाण्डर जर्नेल अब्दुल्ला अमिर याराल्लाहले भने ।
संयुक्त सुरक्षा कारबाहीका लागि ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।
उनले १२ दिने सुरक्षा कारबाहीका क्रममा सुरक्षाकर्मीतर्फ ११५ जना सहिद भएको र ६७९ जना घाइते भएको जानकारी दिए ।
‘इराकी सुरक्षाकर्मीहरुको मृत्युको यो तथ्यांक ल्यायो, त्यसले ताल अफार क्षेत्रमा अबको लडाइँका बारेमा अवश्य पनि महसुस गर्नेछ,’ उनले भने ।
सैन्य टोलीले ४० हजार ७५८ जनालाई ताल अफार र त्यस वरिपरिको क्षेत्रबाट हटाएको थियो । अगस्ट २० भन्दा अगाडि १८ हजार ८२२ जनालाई र २१ हजार ९३६ जनालाई १२ दिने सैन्य कारबाहीको बेला विस्थपित त्यहाँबाट हटाइएको याराल्लाहले बताए ।
ताल अफार क्षेत्र झण्डै तीन हजार २०६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यसअन्तर्गत जुम्मार, माहालाबियाह र अयाधीयाह गरी तीनओटा शहर पर्दछन् । ताल अफार क्षेत्रले अरू ४७ ओटा गाँउ समेटेको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्